नेपाली कांग्रेसले भातृ संस्थाकोे म्याद ६ महिना थप्ने

काठमाडौँ : नेपाली कांग्रेसले भातृ संस्थाकोे म्याद ६ महिना थप्ने निर्णय गरेको छ । कांग्रेसले समयमा महाधिवेशन गर्न नसकेका विभिन्न भातृ संघसंस्थाको म्याद ६ महिना थप्ने निर्णय गरेको हो ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय पार्टीले गरेको हो ।

बिज्ञापन

यस्ता भातृ संस्थाको म्याद पार्टी विधानविपरीत ६/६ महिना गरी तीन पटक थपिइसकेको छ । पार्टी विधानमा महाधिवेशन गर्न नसक्ने भातृ संस्थाको म्याद एक पटकका लागि मात्रै ६ महिना थप्न सकिने व्यवस्था छ ।