परराष्ट्रमन्त्री ज्ञवाली बंगलादेश जाँदै

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीनदिने औपचारिक भ्रमणका लागि भोलि (सोमबार) बंगलादेशको ढाका जाने भएका छन् ।

 

बंगलादेशका समकक्षी डा. एके अब्दुल मोमेनको निमन्त्रणामा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा मन्त्रालयका अधिकारीसहित ढाका भोलि बंगलादेश जान लागेका हुन् ।

 

परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा बंगलादेशका उच्च अधिकारीसँगको भेटवार्तामा ज्ञवालीले नेपाल र बंगलादेशबीच विस्तृत कनेक्टिभिटी, ऊर्जा व्यापार, लगानीका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

 

परराष्ट्रमन्त्रीको उच्चस्तरीय भेटवार्तामा कनेक्टिभिटी, ऊर्जा, व्यापार, लगानी, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मामिलाहरूमा छलफल हुने परराष्ट्रमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।