जिल्ला शिक्षा अधिकारी घुस सहित पक्राउ | OmkarTimes.com

काठमाडौं : शिक्षा विकास तथा समन्वय  सल्यानमा कार्यरत इकाइ प्रमुख धनबहादुर वली घुससहित पक्राउ परेका छन्।

 

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार घुससहित उनलाई पक्राउ गरेको हो।

 

वलीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको  अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।