रुसी राष्ट्रपति पुटिनद्वारा आफ्ना प्रमुख रणनीतिकार बर्खास्त

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अतिनिकट सल्लाहकार भ्लादिस्लाफ सुर्कोफलाई पदबाट बर्खास्त गरिएको छ ।

 

उनलाई रुसी राष्ट्रपतिको प्रभावलाई लिएर गुप्त रणनीतिकार सुर्कोफलाई पर्दा पछाडिको शक्तिका रूपमा हेरिन्थ्यो।पुटिनको शक्ति मजबुत पार्न सघाउने सहयोगी सुर्कोफले युक्रेन बारेको रुसी नीतिलाई समेत हेरेका थिए । तर उनलाई सो जिम्मेवारीबाट हटाइएको थियो ।

 

पुटिनका अनुभवी तथा निकटवर्ती सहयोगी दिमित्री कोजाकलाई युक्रेनी मामिला हेर्ने जिम्मेवारी दिइएको छ ।

 

रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले सुर्कोफलाई नयाँ जिम्मेवारी दिइने वा नदिइनेबारे केही बताएको छैन ।

 

क्रेम्लिनको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा पनि सुर्कोफलाई बर्खास्त गर्नुको कुनै संकेत गरिएको छैन ।

 

क्रेम्लिन प्रशासनका प्रथम उपप्रमुखका रूपमा सुर्कोफले संसद्‌मा राजनीतिक दलहरूलाई र चुनावी अभियानहरूलाई नेतृत्व गर्दैै पुटिनलाई जीत दिलाउन सहयोग गरेका थिए । तर सन् २०११ मा उपप्रधानमन्त्री बनाइएपछि उनको प्रभाव कम हुन थालेको मानिन्थ्यो ।