
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको प्रवक्ता नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खतिवडालाई सरकारको प्रवक्ता नियुक्त गरेको हो ।
तत्कालीन सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएपछि खतिवडालाई सरकारको प्रवक्ता नियुक्त गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार मन्त्रालयको जिम्मेवारी पनि हेर्ने गरी खतिवडालाई अर्को मन्त्रालयको जिम्मेवारी पनि दिइएको थियो ।
बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकको निर्णय सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएका छन् ।