
विराटनगरस्थित कोसी अस्पतालमा भेन्टिलेटर सहितको कोरोना अस्पताल सन्चालनमा आएको छ।
कोरोनाको बढ्दो संक्रमणका कारण अस्पतालमा बिरामीको चाप बढेका बेला कोसी अस्पतालले ६२ बेडको कोभिड अस्पताल सन्चालनमा ल्याएको छ।
बिराटनगरका मेयर भीम पराजुली र कोसी अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासलगायतले कोरोना अस्पतालको उद्घाटन गरेका हुन्।अस्पतालमा अक्सिजन, भेन्टिलेटर,एचडियुको सुविधा रहेको छ।भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने बिरामीहरुले सहज रुपमा सेवा प्राप्त गर्न सक्ने सुविधा उक्त कोभिड युनिटले प्रदान गर्ने जानकारी डा.दासले दिएका छन्।
प्रदेश १ मा दैनिक रुपमा बिरामीको संख्या बढिरहेको छ।विराटनगरमा दैनिक तीन यस ५० भन्दा बढी संक्रमित थपिइरहेका छन्।