नेकपा सचिवालय बैठक : वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ।

 

बिज्ञापन

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो ।

 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो ।

 

गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया–१ कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए।

 

यसअघि प्रधानमन्त्री बन्न नपाइने राष्ट्रिय सभामा आफू नजाने बताउँदै आएका गौतम नेकपाले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गरेपछि उनी राष्ट्रिय सभा सदस्य हुन राजी भएका थिए ।