वामदेवलाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्री ओलीद्वारा अस्वीकार

प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन अस्वीकार गरेका छन् ।

 

बिज्ञापन

बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने  गरेको थियो । उक्त बैठकमा ओली पनि सहभागी थिए ।

 

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय भएको बताएका थिए ।

 

स्रोतका अनुसार केही बेरपछि नै प्रधानमन्त्री ओलीले सचिवालयका एक सदस्यलाई फोन गरेर वामदेवलाई राष्ट्रियसभामा लैजान नसकिने बताएका हुन् ।

 

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजान प्रस्ताव गरेका थिए ।

‘सचिवालयले कमरेड वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरिसकेको थियो, केही बेरपछि नै प्रधानमन्त्रीले उक्त निर्णय नमान्ने बताउनुभएकाे भन्ने कुरा आएको छ,’ सचिवालयका एक सदस्यले भने ।

 

तर बैठकमा सहभागी सचिवालय सदस्य झलनाथ खनालले भने भइसकेको निर्णय उल्टिन नसक्ने बताए ।

 

याेसँगै नेकपा नेतृत्वबीच चर्काे विवादकाे सम्भावना बढेकाे छ ।