कोरोना भाइरसको त्रासले सिटी र आर्सनलबीचको खेल रोकियो

कोरोना भाइरस संक्रमणको डरले पहिलो पटक इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यान्चेस्टर सिटी र आर्सनलबीचको खेल स्थगित भएको छ ।

 

बिज्ञापन

ओलम्पियाकोसका मालिक इभान्गेलोस मरिन्काइसलाई कोरोना भाइरस संक्रमण भएको पाइएपछि त्रासका कारण कतिपय खेलाडीहरू अरु खेलाडीहरूसँग अलग्गिएर बसेका छन् ।

 

आर्सनलले दुई साताअघि युरोपा लिगअन्तर्गतको खेलका क्रममा ग्रिक क्लब ओलम्पियाकोसका मालिक मारिन्काइसले दुई साताअघि मात्रै आफ्ना खेलाडीहरूसँग भेटेको बताएको छ ।

 

च्याम्पियनसिप क्लब नोटिङ्घम फरेस्टका समेत मालिक रहेका मारिन्काइसले आफूलाई कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ पाइएको जानकारी दिए ।

 

ओलम्पियाकोसले युरोपा लिगअन्तर्गत अन्तिम १६ को खेल स्थगित गर्न गरेको आग्रहका बाबजुद बिहीबार हुने इङ्लिस क्लब उल्भ्ससँगको खेल आयोजना गर्दै छ ।

 

पछिल्लो तथ्यांकअनुसार बेलायतमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ भने अन्य ३ सय ८२ जनामा संक्रमण भएको पाइएको छ ।