कोरोना रोकथामका लागि १९ निर्णय, सबै श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन

विश्‍वव्यापी रूपमा फैलिएको कोराना भाइरस रोकथामका लागि सरकारले महत्त्वपूर्ण निर्णय लिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेल संयोजक रहको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले रोकथाम तथा सजगताका लागि १९ निर्णय लिएको हो ।

 

बिज्ञापन

 

अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन पगर्ने निर्णय लिएको छ । रोकथाम नियन्त्रण तथा उपचारका लागि आईसीयू तथा आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय लिएको छ ।

 

काठमाडौंसहित हरेक प्रदेशमा कम्तीमा १/१ वटा यस्ता परियोजना निर्माण गर्ने निर्णय लिएको छ । त्यस्तै, अनअराइभल भिसा पनि ३० अप्रिल २०२० सम्म रोक्ने निर्णय लिएको छ ।