बढी मूल्य लिई पेट्रोल बेच्ने ३ जना पक्राउ

सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने ३ जनालाई पक्राउ गरिएको छ ।

 

बिज्ञापन

नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर १ सय २० रपैयाँका दरले बिक्री वितरण गर्ने ३ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए ।

 

पक्राउ पर्नेमा नगरपालिका–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नं ५ का ३० वर्षीय तेजनारायण भगत रहेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका चौधरीको साथबाट १७ लिटर, हसनको साथबाट ५ लिटर र भगतको साथ २ लिटर अवैधरूपमा पेट्रोलमा कालोबजारी गरी बेचबिखन गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

 

यता पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस