
काठमाडौँ : कोरोना संक्रमणका कारण नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । शनिबार (भोलि)का लागि बोलाइएको बैठक निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको हो ।

कोरोना संक्रमण बढदै गइरहेका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझावअनुसार बैठक स्थगित गरिएको माओवादीले केन्द्रले जानकारी दिएको छ ।
बिज्ञापन



८ औं महाधिवेशनपछि बसेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाललाई अध्यक्ष नियुक्त गपछि भने कोरोनाका संक्रमणका कारण बैठक बस्न सकेको छैन ।
