आइतबार १ हजार ९६ संक्रमित थप हुँदा १७ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । हाल देशभर १३ हजार ५८२ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् ।

बिज्ञापन

साथै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक हजार ५९४ पुगेको मन्त्रालयले जनाएको छ ।