
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । उनले कठिन अवस्थामा सहयात्री देशबीचको साझेदारी हुने पनि बताए ।
उनले भारत भारतीय जनतालाई कठिन आवस्थामा मलेरियाको उपचारमा प्रयोग हुने औषधि हाइड्रोक्सिक्लोरोक्विन दिने निर्णयप्रति धन्यवाद दिए । उनले यो अवस्थामा गरेको सहयोग स्मरण गर्ने पनि बताए ।
उनले ट्विट गर्दै भनेका छन्, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बलियो नेतृत्वलाई धन्यवाद, यो लडाईमा भारतको सहयोग मात्रै होइन, सिंगो मानवतालाई सहयोग गरेको छ ।’
उनले भारतले मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विनको निर्यातमा लगाएको रोकप्रति पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरे ।
एक दिनअघिमात्रै उनले निर्यातमा रोक नहटाएमा कारबाही गर्ने धम्की दिएका थिए । त्यसपछि भारतले यो औषधिको निर्यातमा लगाएको रोक हटाउँदै अमेरिकासहित केही देशलाई यो औषधि उपलब्ध गराउने निर्णय गरेको थियो ।