
संसारमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय ४७ पुगेको छ भने १८ लाख ५३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।




विश्वका शक्तिशाली देशहरुमा नै मृत्यु हुनेको संख्या अधिक छ । स्पेनमा पछिल्लो २४ घन्टामा ६ सय ३ जनाको मृत्यु भएको छ ।

शनिबार ५ सय १० जनाको मृत्यु भएको थियो । यो संख्या २३ मार्चपछिको सबैभन्दा कम मृत्यु हो । यो सँगै स्पेनमा मृत्यु हुनेको संख्या १७ हजार २ सय ९ पुगेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिका र इटालीका नागरिकको ज्यान गएको छ ।
अमेरिकामा सबैभन्दा बढी २२ हजार १ सय १५ जनाको मृत्यु भएको छ । यस्तै इटालीमा १९ हजार ८ सय ९९ जनाको मृत्यु भसकेको छ । इटालीमा पछिल्लो २४ घन्टामा ४ सय १२ जनाको मृत्यु भएको छ ।
लायतमा पनि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा बेलायतमा ७ सय ३७ जनाको मृत्यु भएपछि मृतकको संख्या १० हजार ६ सय १२ पुगेको छ ।
कोरोना भाइरसका कारण अमेरिका, इटाली, स्पेन र फ्रान्सपछि सबैभन्दा बढी बेलायती नागरिकले ज्यान गुमाएका छन् । अमेरिकामा विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित छन् ।
त्यहाँ हालसम्म ५ लाख ६० हजार ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अमेरिकामा बढी छ ।
यस्तै, फ्रान्समा १४ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ । अमेरिका, इटली, स्पेन, फ्रान्स र बेलायतजस्ता शक्तिशाली राष्ट्रमा कोरोना भाइरसका कारण ८४ हजार २ सय २८ जनाको मृत्यु भएको छ ।