अमेरिकामा लकडाउनको बिरोधमा प्रदर्शन

जेन्सी– अमेरिकामा लकडाउनको बिरोधमा प्रदर्शन भएको छ ।

 

बिज्ञापन

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न सामाजिक दूरी कायम गर्न भन्दै जारी गरिएको लकडाउनको बिरोधमा प्रदर्शन भएको हो ।

 

आइतबार करिब आधा दर्जन सहरमा लकडाउन खुलाउन माग गर्दै प्रदर्शन गरिएको थियो ।

 

एरिजोना, कोलाराडो, मोन्टाना, वासिंटन लगायत सहरमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले बन्द रहेका उद्योग कलकारखाना खोल्न माग गरेका छन् ।

 

प्रदर्शनकारीले आफ्नो राज्यका गभर्नर समक्ष उद्योग कलाकारखाना खोल्न माग गरेका हुन् ।

 

राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनमा समर्थन जनाउँदै आएका छन् । उनी सुरु देखि नै लकडाउनको बिरोधमा छन् ।