
नेपालमा बुधबार थप ३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

बिज्ञापन



राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका २ र पर्साका १ जनामा नतिजा पोजिटिभ देखिएको हो ।

आज कोरोना पोजिटिभ देखिएका संक्रमित भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएको बुझिएको छ ।
योसँगै नेपालमा संक्रमितको कुल संख्या ५७ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् ।
मंगलबार नेपालमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।