
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् । २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

बिज्ञापन



उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए । अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने बताइएको छ । थर्मल गन कालोबजारी गरेको आरोपमा अग्रवाल गत चैत २५ गते पक्राउ परेका थिए ।

अग्रवालविरुद्धको मुद्धामा जिल्ला अदालत काठमाडौंले बिहीबार २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।