सिहंदरवार अगाडि चिनियाँ नागरिकको प्रदर्शन शंकास्पदः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले निषेधित क्षेत्र सिहंदरवार अगाडि चिनियाँ नागरिकहरूले गरेको प्रशदर्शन शंकास्पद र रहस्यमय रहेको बताएका छन् ।

 

बिज्ञापन

‘निषेधित क्षेत्र सिहंदरवार अघि प्रदर्शन र प्रहरीलाई आक्रमण गर्ने चिनियाँहरूको कार्य शंकास्पद/रहस्यमय छ’ उनले ट्विट गर्दै भनेका छन्, ‘घर जान चाहेको भए चिनियाँ दूतावास अघि प्रदर्शन गर्नुपर्थ्यो ।’

 

अध्यक्ष थापाले घर फर्कन चाहने विदेशीलाई नेपालले नरोकेको स्मरण गराउँदै यो घटनाबारे सरकारले छानबिन गर्नुपर्ने माग गरेका छन् ।

 

स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै चिनियाँ नागरिकरूले शुक्रबार सिंहदरबारअगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा चिनियाँ नागरिक र प्रहरीबीच झडपसमेत भएको थियो ।

 

झडपमा परी महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र १ प्रहरी जवान घाइते भएका छन् । यस्तै, ४ जना चिनियाँ नागरिक पनि घाइते भएका छन् ।

 

प्रहरीले उनीहरूको भीडलाई तितरबितर पार्न खोज्दा उनीहरू प्रहरीमाथि नै जाइलागेका थिए । अहिले प्रदर्शन गर्न पुगेका सबै चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।