तरुण दलको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेका तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई देउवाले यस्तो निर्देशन दिएका हुन् ।

अध्यक्ष गुरुङले कार्यसमिति विस्तरका सन्दर्भमा पार्टीका अन्य नेताहरूसँग पनि भेट गरी सल्लाह लिइरहेको बताएका थिए ।