राजधानी छिर्ने सबै नाकामा सेना परिचालन गर्न सिफारिस

काठमाडौं । काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरूमा नेपाली सेना खटाउन उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)र उच्चस्तरीय समितिसमक्ष सिफारिस गरेका छन् ।

 

बिज्ञापन

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० तथा चार वटै सुरक्षा निकायका जिल्ला प्रमुखसहितको संयुक्त बैठकले उपत्यकाभित्र कोरोना भाइरस संक्रमणका बिरामी भेटिएपछि बाहिरबाट आउने मानिसलाई प्रवेश रोक्न नाकामा सेनासहितको सुरक्षा व्यवस्थापन मिलाउन सिफारिस गरेको हो ।

 

यसअघि वैशाख २३ मा गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट भारतसँग सीमा जोडिएका जिल्ला प्रशासनलाई पत्र लेखी सीमाबाट नेपालतर्फ ५ किलोमिटर क्षेत्रभित्र सेना परिचालन गर्न निर्देशन दिएका थिए । त्यसको एक सातापछि उपत्यकास्थित प्रशासन कार्यालयले पनि राजधानी प्रवेश गर्ने नाका सिल गर्न सेनाको सहयोग मागेका हुन् ।

 

तीन वटै जिल्ला प्रशासनको टोलीको राजधानी भित्रिने नाकाको स्थलगत निरीक्षण पश्चात राजधानीमा संक्रमण फैलन नदिन थानकोट नागढुंगा, फर्पिङ, जगाती, तीनपिप्ले र मुड्खुभन्ज्याङ, जर्सिङपौवा र कात्तिके ,(काभ्रे र सिन्धुपाल्चोक जोड्ने)६ वटा नाका सिल गर्नुपर्ने निष्कर्षमा पुगेको हो ।