
सुमित भण्डारी
झापा । गोरु काटेर खाने तीन जना पक्राउ परेका छन् ।झापाको गौरादह नगरपालिका वार्ड नम्बर ४ बस्ने रमेश दर्नाल , रमेश सतार र मद्रासी सुतियार मिलेर गत राति १० बजे तिर स्थानीय पीताम्बर काफ्लेको खेतमा लगि गोरु काटेको खुलेको छ ।
गोरुको टाउको,खुट्टा र भुँडी काटेकै स्थानमा गाडेको अबस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेको स्थानीय योगेश न्यौपानेले ओमकारलाई जानकारी गराए ।रमेश दर्नालको घरबाट १० के.जी. गोरुको मासु सहित स्थानीयले तीनैजनालाई प्रहरीमा बुझाएको न्यौपानेले जनाए ।
स्थानीयले जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा गाईको बाच्छो काटेको पनि खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको जनाएको छ।
स्मरण रहोस् मुलुक धर्म निरपेक्ष घोषणा भएपछि गाई , गोरु काटेको घटना व्यापक रुपमा घट्न थालेका छन् ।