के.पी.ओलीको क्षेत्र दमकमा गर्जिए राजेन्द्र लिङ्देन

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज झापाको दमकमा बिशाल शक्ति प्रदर्शन गरेको छ । स्थानीय चुनाव नजिकिँदै गर्दा देशव्यापी दौडाहामा रहेको राप्रपाले आज दमकमा आमसभा गरेको हो ।

देशमा राजसंस्था हुनुपर्छ , देश हिन्दुराज्य हुनुपर्छ र संघीयता खारेजी हुनुपर्छ भन्ने पार्टीको सिद्धान्त रहेको राप्रपामा पछिल्लो समय व्यापक रुपमा जनताले साथ दिइरहेको पाएको छ । देशभरिबाट राप्रपाको जनलहर चलिरहेको अबस्थामा दमकमा पनि हजारौं जनताको उपस्थितिमा राप्रपाले शक्ति प्रदर्शन गरेको हो । दमक नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको पनि निर्वाचन क्षेत्र रहेको हुदा राप्रपाको आजको कार्यक्रमलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

बिज्ञापन

`देशलाई आर्थिक रुपमा टाट पल्टाउनेहरुसंग अब राप्रपाले हिसाब किताब गर्नेछ ।´ कार्यक्रममा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले भने ` देशमा रहेको विकृति , विसंगति र भ्रष्टाचार बिरुद्ध देशभरिबाट राप्रपा जगिसकेको अबस्थामा सम्पूर्ण नेपालीहरुलाई राप्रपामा एकीकृत हुन आह्वान गर्दछु ।´

विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा राप्रपामा प्रवेश गर्नेको लहर चलेको देखिन्थ्यो भने , सभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन , नेताहरु ज्ञानेन्द्र शाही , रेखा थापा , भक्ति सिटौला लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बा , केन्द्रीय सदस्य लक्ष्मीप्रसाद संग्रौला लगायतको उपस्थित रहेको थियो । प्रदेश नम्बर एकका अध्यक्ष राम थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अम्बर बिष्टले गरेका थिए ।