
काठमाडौं । आज प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

सोही कारण सोमबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। आज दिउँसो पनि देशको पहाडी भू-भागको केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।



देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।