आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले भारतमा पनि आफ्नो शाखा खोलेको दाबी

एजेन्सी । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले भारतमा पनि आफ्नो शाखा खोलेको दाबी गरेको छ । गएको १० मे भारतको जम्मू–कश्मीरमा भएको आतंकवादी र सुरक्षा बलबीचको झडप पछि नयाँ शाखा विस्तारको आईएसले दाबी गरेको हो ।

विलायाह अफ हिन्द ( “Wilayah of Hind” ) नाम दिएर नयाँ शाखा खोलेको आईएसको समाचार एजेन्सी ‘अमाक’ले शुक्रबार घोषणा गरेको कुरा इन्डियाटुडेलेसमेत जनाएको छ । जम्मू–कश्मिरको सोपिया जिल्लाका अमशिपुराका एक वरिष्ठ पुलिस अधिकारीले पनि यो कुरा दाबी गरेका छन् ।

बिज्ञापन

इशफाक अहमद सोफी नामक आतंकवादि १० मे मा भारतको कस्मिरमा मारिए अनुरुप आतंकवादि संगठन आईएसले यो कदम चालेको मानिएको छ । पछिल्लो समय आईएसले हिंसात्क घटना बडाउदै लगेको छ । हालै श्रीलंकमा भएको क्रमबद्द आक्रमणमा समेत आफ्नो हात रहेको आईएसले स्वीकारेको थियो । सो घटनामा करिब २५३ जना मारिएका थिए ।

पछिल्लो समय आईएसले हिंसात्क घटना बडाउदै लगेको छ । हालै श्रीलंकमा भएको क्रमबद्द आक्रमणमा समेत आफ्नो हात रहेको आईएसले स्वीकारेको थियो । सो घटनामा करिब २५३ जना मारिएका थिए ।