मुलुकभरका बिद्यालयमा दिवाखाजा कार्यक्रम लागू गरिने

काठमाडौ : सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा मुलुकभरका कक्षा ५ सम्म अध्ययनरत बालबालिकाहरुलाई बिधालयमा टिकाई राख्न दिवाखाजा कार्यक्रम लागु गरिने घोषणा गरेको छ ।

 

जसमार्फत करिब २८ लाख बालबालिका प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ ।अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट भाषण मार्फत उक्त घोषणा गर्नुभएको हो ।