
वीरगञ्ज । राष्ट्र विराधी सम्झौता भन्दै अमेरीकन मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरोधमा हिन्दू परिषद् नेपालले वीरगञ्जको घण्टाघरमा प्रर्दशन गरेको छ ।
हिन्दू परिषद् नेपालका केन्द्रीय अध्यक्ष सतोष पटेलको नेतृत्वमा भएको विरोध प्रदर्शनमा ‘नो एमसीसी, एमसीसी चाहिदैन, लागू गर्न पाईदैन, देशद्रोही नेताहरु मुर्दावाद, देश बेच्न पाईदैन भनेर लेखिएका प्लेकार्ड सहित वीरगञ्जको घण्टाघरमा बिहान ८ बजेदेखि ९ बजेसम्म विरोध प्रदर्शन गरिएको हो ।
एमसीसी सम्झौता नेपाली नागरिकको हितमा नभएकोले लागू गर्नु राष्ट्रघात हुने भएकोले विरोध गरिएको हिन्दू परिषद् नेपालका अध्यक्ष पटेलले बताउनुभयो । आज वीरगञ्जदेखि सुरु भएको यो विरोध प्रदर्शन देशभरी नै गर्ने उहाँले बताउनु भयो ।
आजको विरोध प्रदर्शनमा हिन्दु परिषदका महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष सञ्जय सर्राफ, केन्द्रीय सदस्य सुरेश साह कानु, सचितानन्द दुवे, लालबाबु कुर्मी, भरत सर्राफ, श्रीराम उपाध्याय, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, नगर अध्यक्ष प्रमोद सिंह लगायतको उपस्थिति रहेको थियो ।