झापाको दमक चौकमा एमसिसी विरुद्ध बिरोध कार्यक्रम

दमक / अमेरिकी परियोजना एमसिसी नेपाल को हित विरुद्ध रहेको भन्दै सर्बत्र बिरोध भइरहेको बेला झापाको दमक चौकमा एमसिसी विरुद्ध बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।

 

बिज्ञापन

देशप्रेमी नागरीकहरुको एक समुहले आयोजना गरेको सो विरोध कार्यक्रमका बक्ताहरुले एमसीसी राष्ट्रहित विपरीत भएको भन्दै चर्को विरोध गरका छन् ।

 

कार्यक्रममा उल्लेखनियरुपमा समाजिक दुरी कायम गरी राष्ट्र्प्रेमी युबाहरुको उपस्थित भएका थिए ।कार्यक्रममा सामाजिक अभियन्ताहरु छवि बास्कोटा, भवानी सुवेदी, योगेन्द्र खनाल, महेन्द्र प्रसाईं र गणेश ढुंगानाले मन्तव्य राख्नु भएको थियो ।

 

 

कार्यक्रममा बोल्ने बक्ता हरुले यदि सरकारले जबर्जस्ति एमसिसी पारित गरे ठुलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए ।उनीहरुले एमसिसी राष्ट्रघाती भएकाले बजेटमा यसलाइ समेटेकोमा आपत्ति जनाएका छन ।

 

 

सोही कार्यक्रममा बोल्दै उनिहरुले नयाँ नक्सा लागू गर्नुपर्ने बताएको छन । नक्सा छाप्नका लागि मात्र हैन बास्तबिकतामा लागू गर्न का लागि सरकारलाई जानकारी दिएका छन ।

 

 

लिम्पियाधुरा नेपालको भएको भन्दै नयाँ नक्सा सार्बजनिक गरेर मात्र नहुने र तत्काल लागू गर्नु पर्ने र उक्त भुभाग मा सरकारले बजेट नछुट्याएको भन्दै सरकार विरुद्ध आक्रोश पोखेका थिए ।