म्यानमारमा सैन्य कू : आन्दोलनमा ज्यान गुमाउनेको संख्या २३४ नाघ्यो

एजेन्सी : म्यानमारमा सैन्य ‘कू’विरुद्ध जारी आन्दोलनमा ज्यान गुमाउनेको संख्या २३४ नाघेको छ । शुक्रबार भएको प्रदर्शनको क्रममा ९ इन्डोनेसियाली नागरिकको मृत्यु भएसँगै मृतकको संख्या २३४ नाघेको राजनीतिक कारागारका लागि सहयोग संगठन (एएपीपी)ले जनाएको हो ।

शुक्रबार मध्यवर्ती शहर आङ्गबानमा प्रदर्शनकारीले गरेको अवरोध हटाउन खोज्दा सुरक्षा फौजले चलाएको गोली लागेर ९ इन्डोनेसियाली नागरिकको मृत्यु भएको थियो। प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरुको भिड्लाई हटाइरहेको बेला सुरक्षा फौजले गोली चलाएको हो।

यता उत्तर पूर्वी शहर लोइकावमा एक प्रदर्शनकारीको मृत्यु भएको म्यानमार नाउले जनाएको छ। यस्तै योङ्गुनमा एक व्यक्तिलाई गोली हानेर हत्या गरेको दावी गरिएको छ। तर, घटनाको पुष्टि हुन सकेको छैन। फ्रेबुअरी १ देखि हालसम्म २३ सय ३० भन्दा बढी प्रदर्शनकाहरु गिराफतार भएको बताइएको छ।