
ललितपुर । ललितपुरको बाँडेगाउँमा ३८ वर्षका एक पुरुषको हत्या भएको छ । भाडामा बस्दै आएका सोही स्थानका अमित शाहीको खुँडाले हानेर टाउको छिनाइ हत्या गरिएको हो ।
‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ, हत्या कसले किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’ ललितपुरका एसएसपी टेक प्रसाद राईले जानकारी दिए ।
मृतकका भिनाजु लक्ष्मी बहादुरका अनुसार २ बजे राति घरबाट बोलाएर हत्या गरिएको हो । घटना भएको थाहा पाएलगत्तै उनी घटनास्थल जान लागेको जानकारी दिए ।