लक डाउनमा गाउँमै युवालाई रोजगारी गाउँकै विकासे काममा युवा, काम गरेको भत्ता पाउँदा झन् गद्गद्

झापा — लक डाउन छ । खायो बसो । आजकल प्राय सुनिने साझ शब्दजस्तै भईसकेको छ । तर यो लक डाउनलाई अवशरका रुपमा प्रयोग गर्न सक्नुपर्छ । लक डाउनका कारण अहिले धेरै बिकासे कामहरु रोकिए । कति त मजदुर नभएरपनि रोकिएका छन् । अझ काम धामनै केहि नभएपछि पेट कसरी भने चिन्ता चुलिनु स्वभाबिकैपनि त हो नि । त्यसैले त सरकारले नागरिक भोकै नपरुन भनेर राहतपनि बाढ्यो । तर त्यो कित दिन पर्याप्त हुन्थ्यो र ? तर कतिपय स्थानीय सरकारले अहिले राहत भन्दापनि रोजगारीलाई प्राथमिकता दिन थालेका छन् । त्यसैको एउटा उदाहरण बनेको छ झापाको गौरादह नगरपालिकापनि ।

 

 

झापाको गौरादह नगरपालिका वडा नम्बर ७ मा रहेको ग्वालडुब्बास्थित त्रिबेणी टोलका युवाहरुलाई लक्षित गरि अहिले रोजगारी प्रदान गरिएको छ । त्रिबेणी टोल बिकास संस्थाको पहलमा नगरपालिकाको सहयोगमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ति युवाहरुलाई अहिले आफ्नै टोलमा खानेपानीको धारा जडानका लागि पाईप बिच्छ्याउने काममा लगाईएको छ । गाउँमा बिदेशबाट फर्किएर आएका र फेरी जान नपाएका, त्यसैगरेर लकडाउनका कारण अन्य काम, ब्यापार, ब्यवसाय गर्न नपाएकाहरुलाई लक्षित गरेर टोल बिकास संस्था मार्फत उनीहरुलाई रोजगारी दिईएको छ ।
यस टोलका यि युवाहरु अहिले ११ सय मिटर पाईप बिच्छ्याउनका लागि खाडल खनिरहेका छन् । उनीहरुलाई यो काम गरे बापत दैनीक ५ सय ४५ रुपैया भत्ता समेत उपलब्ध गराईदै आएको छ । काममा खटिएका स्थानीय युवा बद्री संग्रौला यतिबेला लक डाउनको सदुपयोग पनि भएको र गाउमै रोजगारीपनि पाएको भन्दै खुसी ब्यक्त गरिरहेका छन् ।

 

 

आफ्नै घरमा खानेपानीको धारा पुर्याउनपनि पाईने अर्कोतिर काम गरेबापत दैनीक ज्याला पनि पाउने भएपछि स्थानीय युवाहरु खुसीले काम गरिहरेका छन् । बेरोजगार भएर बसेका सोही टोलका दिनेश बुढाथोकीपनि आफ्नै घर आँगनमा बिकासपनि हुने र आफुलेपनि रोजगारी पाएपछि आफुहरुलाई खुसी लागेको प्रतिक्रिया दिन्छन् ।
कतै मजदुर अभाबमा बिभिन्न बिकासे योजनाहरु अहिले अलपत्र परिरहेका छन् । कतै युवाहरु रोजगारी गुमाएर र रोजगारी नपाएर लक डाउनका बेला घरमै यो समयलाई खेर फालिरहेका छन् ।

 

यस्तो अवस्थामा आवस्यक सुरक्षाको सबै उपाय अपिनाएर बेरोजगार भएकाहरुलाई यसरीनै काममा लगाउने हो भने हामीले भनेजस्तै यो लक डाउनलाई अभिसाप हैन अवसरको रुपमा बदल्नपनि सकिने गौरादह नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बलराम खरेल बताउछन् ।