१८ जना एसपीको सरुवा, कसलाई कहाँ पठाइयो ?
काठमाडौं । नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरिएको छ।

आइतवार एसपीहरुको सरुवा गरिएको प्रहारी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै जनाएको हो ।

बिज्ञापन

‘प्रहरी महानिरीक्षकको मिति २०७८ फागुन ८ गतेको निर्णयअनुसार मिति २०७८ फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि निम्न प्रहरी उपरीक्षकहरुलाई देहाय बमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिनु हुन अनुरोध गरिएको छ,’ प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।