
कमाठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज बस्दै छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न ४ बजे नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

बिज्ञापन



बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ ।

सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।
संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दवाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।