पाँचथर हत्या काण्ड : नौ जनाको ज्यान जाने गरी गरीएको हत्यामा प्रयोग गरिएको हतियार फेला
पाँचथर । मिक्लाजुङको आरुबोटेमा नौ जनाको ज्यान जाने गरी गरीएको हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छ । मृतक बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ ७ लिम्बा लुमाङदिन नजिकै खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको छ । माखिमको शव झुन्डीएको अवस्थामा भेटिएको थियो । खुकुरी रगतले लतपतिएको अवस्थामा रहेको यसले गर्दा माखिम हत्यामा संलग्न रहेको आशंका गरिएको छ । अब मानबहादुरको शब आरुबोटे ल्याउन लागीएको छ ।

बिज्ञापन