
राप्रपाका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलापश्चात् देश अस्थिरतामा जाने सङ्केत गरेका छन् । उनले अदालतको फैसलालाई ‘गोरु ब्याएको’ रूपमा टिप्पणी गर्दै यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटी लिएँ–“सर्वोच्च अदालतमा आज गोरु व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’
बिज्ञापन



आजै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।
