सुरक्षा मापदण्ड पालना गरेरमात्रै व्यापार गर्न महासंघको आग्रह

काठमाडौं । नेपाल राष्ट्रि व्यवसायी महासंघले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षा सम्बन्धी न्युनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु सञ्चालन गर्न आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमणि दिनप्रतिदिन बढ्ने क्रममा रहेको भन्दै महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार एउटा अपिल जारी गर्दै सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई मापदण्ड पालना गर्न आग्रह गरेका हुन् ।

धराशायी बन्न लागेको मुलुकको अर्थतन्त्रलाई जोगाउनका लागि पनि उद्योग–व्यवसाय खोल्नै पर्ने तर सबैले सुरक्षा सतर्कता भने अपनाउनु पर्ने अध्यक्ष कटुवालले बताए ।

‘कोरोना भाइरसबाट ‘आफू पनि जागिऔँ र अरुलाई पनि जोगाऔं’ भन्ने मुल मन्त्र ख्याल गर्दै विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले सुरक्षाका लागि तोकेको न्युनतम् मापदण्ड पालना गर्नुहुन हामी सबैको जिम्बेवारी हो’ जारी अपिलमा भनिएको छ, ‘न्युनतम् सामाजिक दूरी कायम गर्ने, माक्स अनिवार्य गर्ने, सबैले छुने ठाउँमा सकभर नछुने छुईहाले स्यानिटाइजर वा सावुन पानीले समयसमयमा हात धुने लगायतका सावधानी अपनाउनु हुन नेपाल राष्ट्रिय व्यवसायी महासंघ सम्पूर्ण उद्योगी–व्यवसायी तथा ग्राहक वर्गहरुमा हार्दिक अपिल गर्दछ ।’