भारतमा कोरोनाबाट मृत्युु हुनेको संख्या ६ सय ४५ पुग्यो

एजेन्सी : भारतमा कोरोना भाइरसको प्रभाव दिनानुदिन बढीरहेको छ ।

 

बिज्ञापन

यहाँका स्थानिय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । १ हजार ५ सय नयाँ संक्रमित भएका छन् ।

 

हालसम्म कोरोनाबाट भारतमा २० हजार संक्रमित भएका छन् भने ६ सय ४५ जनाको मृत्यु भएको छ ।

 

भारत कोरोनाबाट सबैभन्दा धेरै प्रभावित दक्षिण एसियाली मुलुक हो ।