
दमक। झापाको दमकबाट पठाइएका सबैको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । दमकका दुई क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्दै आएका ३५ जनाको स्वाव संकलन गरि परीक्षणका लागि विराटनगर स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो ।

क्वारेन्टाइनका २२ जना हुन भने बाँकी होम क्वारेन्टाइनका भएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेर प्रसाद भट्टराईले जानकारी दिनुभयो । आज रिपोर्ट आउनेमा मानसरोेबर क्वारेन्टाइनका १५ पुरुष छन् भने महिला क्वारेन्टाइनका ७ महिला रहेका छन् ।
बिज्ञापन



त्यस्तै होम क्वारेन्टाइनमा बस्दैआएका ८ पुरुष र ५ महिला रहेको सदस्यसचिव भट्राईले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बस्नेहरु भारत लगायत तेश्रो मुलुकबाट आउने छन् । दमकमा यसअघि ६ जनामा कोरोना संक्रमण पुष्टि भएपनि पहिलो संक्रमित एक जना कोरोना जितेर घर फर्किसकेका छन् ।
