आफैले गरेको घोषणाको खिल्ली उडाउँदै गौरादह नगरपालिका

झापा । ठुला ठुला मायक बजाएर लाखौ खर्च गरेर नेतालाई मन्चमा बोलाएर गर्न लगाईयो भासण। एउटा जमात लाग्यो सौचालय बनाउँन। सबै तिर बाट तारिफ भयो। तालिका गडगडाटत नेता मख्ख परे। कार्यक्रम सफल भएको घोषणा गरियो । अनि भयो गौरादह नगरपालिका “खुल्ला दिशा मुक्त छेत्र”।

 

बिज्ञापन

केही दिन स्थानीय समाचारको बिषय बन्यो। चिया पसल देखि रक्सि पसल सम्म चर्चा भयो। चौक अनि चौतारी। उपस्थितिहरुले विभिन्न क्याप्सन लेखि रंगाउन थाले सेल्फिका फोटाहरु सामाजिक सन्जालमा। क्रमशः गाउँमा सौचालय बनाउँदा के कति अनियमिता भए अहिले नखोजौ। ‘खुल्ला दिशा मुक्त छेत्र’ घोषणा गर्नेले थाहै पाएनन् या आसेपासेले कान फुकेनन्। गौरादह नगरपालिकामा कुनै पनि वडामा सार्वजनिक सौचालय छैन भनेर। अझ त अझ गौरादह चौक र बजारमा नै सार्वजनिक सौचालय छैन भनेर भन्न बिर्सिए। वडाका सबै ब्यापारी ठाउँहरुमा सौचालय नै छैन भन्न बिर्सिए। अब कसरी भयो गौरादह ‘खुल्ला दिशा मुक्त छेत्र’? केही घरमा मात्र बडिएको सौचालयको के महत्त्व?

यी सब कुरा पुरानो भयो। भर्खर नगरपालिका भएको। मान्छेहरुको चाप उस्तै। कर्मचारीहरुको उस्तै ब्यस्तता लकडाउन कोरोनाको संत्रास। यस्तो बेला अझ सफाई चुस्त नि दुरुस्त हुनु पर्ने।

हामीले सोचेका सब गलत साबित भएको छ यतिखेर। सफाईको कुरा गर्दा नगरपालिकाको सौचालय हेर्दा पुग्छ। अनि गिज्याई रहेछ नगरपालिकाले घोषणा गरेको ‘खुल्ला दिसा मुक्त छेत्र’ लाई। फोहोरी सौचालय जहाँ ढोका नै बिग्रिएर छेउमा राखिएको छ। सरसफाइ छैन। फोहोर ब्यवस्थापन गर्ने कन्टेनर छैन। जहाँ फोहोर बाहिर फ्याँकिएको छ। अब कसरी भयो गौरादह नगरपालिका “खुल्ला दिसा मुक्त छेत्र”?