यस्तो छ राजधानी टल्काउने ब्रुमर, उद्घाटनमै पानी पर्यो

 

काठमाडौं– काठमाडौं महानगरपालिकाले राजधानीलाई धूलोमुक्त बनाउने उद्देश्यले ५ वटा ब्रुमर भित्र्याएको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घाटन गरेका हुन् ।
महानगरपालिकाले ११ करोड ८० लाखमा इटालीबाट खरिद गरेर ब्रुमर ल्याएको हो ।

उद्घाटनपछि राष्ट्रिय सभागृह परिसरमै  ब्रुमरले धूलो टिप्न लाग्दा एकाएक पानी परेपछि माहोल रोचक बन्न पुगेको थियो । पानी परेपनि सभागृह परिसरमै ब्रुमर लगाएर धूलो टिप्नेबारे जानकारी गराइएको थियो ।
महानगरका अनुसार आफ्नो क्षेत्राधिकारभित्र पर्ने ८ मिटरभन्दा कम चौडाका सडक सफा गरिनेछ ।

सडक विभागसँगको समन्वयमा मुख्य सडकमा समेत ब्रुमर सञ्चालन हुनेछन् ।  सुन्धारा, टुँडीखेलआसपास, दरबारमार्ग, कलंकी, बल्खु, कालीमाटी, टेकु,थापाथली, बानेश्वर, तीनकुने, एयरपोर्ट, पुतलीसडक, सिंहदरबार, हात्तीसार,  लैनचौर, लाजिम्पाट, महाराजगन्ज, त्रिपुरेश्वर, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर,सीनामंगललगायतका स्थानमा ब्रुमर सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।