
काठमाडौं : नेपालमा बाढीपहिरोले र्याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ ।
पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गर्दै यस दुःखको समयमा नेपाली जनताको साथमा रहेको बताएका छन् ।
‘बाढी र पहिरोले उत्पन संकटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौं,’ विदेशमन्त्री कुरैशीले ट्वीटमा लेखेका छन्–‘हामी नेपाली जनताको साथमा छौं प्रभावित परिवारका लागि प्रार्थना गर्दछौं ।’
शुक्रबार साँझसम्म नेपालका ८ जिल्लामा गएको बाढीपहिरोमा परेर २३ जनाको मृत्यु भएको छ भने ३६ जना वेपत्ता भएका छन् । साथै २६ जना घाइते भएका छन् ।