लोकसभा चुनाव: मतगणना र मतपरिणामले नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने पक्कापक्की

काठमाडौं । बिहीवार बिहानैबाट शुरु भएको भारतको १७ औं लोकसभा चुनावको मतगणना र मतपरिणामले नरेन्द्र मोदीको पार्टी भाजपाले जितको सुनिश्चतता गरेको छ ।

५ सय ४३ सदस्यीय लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन(एनडिए)ले स्पष्ट बहुमत ल्याउने देखिएकाे छ ।

हालसम्मको नतिजा अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्सले ५ सय ४३ मध्ये ३ सय ५२ सिटमा अग्रता लिएको छ ।यस्तै, भारतीय कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलाइन्सले ९७ स्थानमा अग्रता लिएको छ भने अन्य दल १२१ स्थानमा अगाडि छन् ।

मतगणना आज रातीसम्ममा सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।