गण्डकीमा थपिए २५ संक्रमित ·

पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १२ सय २८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार म्याग्दीको बेनीमा ३, मालिकमा ४, रघुगंगा र मंगलामा एक, एक जना गरि ९ संक्रमित थपिएका छन् । यसैगरि, तनहूँको भिमादमा २, आबूँखैरेनीमा १ गरि ३ जना र नवलपुरको कावासोतीमा २, बुलिङटारमा ८ पुरुष र एक महिला गरि ११ संक्रमित थपिएका छन् । गोरखा र कास्कीमा एक–एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

बिज्ञापन