
काठमाडौं : कोरोना संक्रमणका कारण बुधबार थप एक जनाको मृत्यु भएको छ ।

रौतहटको पर्रोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
बिज्ञापन



उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो ।

उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टाइनमा राखिएको थियो ।
त्यस क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।