
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा बलात्कार गरेको भन्ने आरोप कथामात्रै भएको टिप्पणी गरेका छन् ।
ट्रम्पमाथि लेखिका ई.जीन क्यारोलले सन् १९९५ मा ट्रम्पले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
ट्रम्पले आफूले क्यारोललाई कहिल्यै नभेटेको र आफ्नो नयाँ किताबको बिक्री बढाउनका लागि त्यस्तो आरोप लगाएको बताए ।
लेखिका क्यारोलले सो समयमा एक साथीले अदालतमा मुद्दा जित्न नसकिने सुझाव दिएका कारण प्रहरीमा जाहेरी नदिएको बताएकी छन्। उनको लेख न्यूयोर्क म्यागजिनमा शुक्रवार प्रकाशित भएको थियो ।
ट्रम्पमाथि राष्ट्रपति भएपछि एक दर्जन बढी महिलाले बलात्कारको आरोप लगाइसकेका छन् । ट्रम्पले सबै आरोप खण्डन गर्दै आएका छन् ।
लेखका क्यारोलले सन् १९९५ को अन्त्य वा सन् १९९६ को सुरुतिर बर्गडर्फ गुडम्यानका ट्रम्पलाई भेटेको र उनलाई घरजग्गा व्यापारीका रूपमा चिनेको बताएकी छन्। क्यारोलका अनुसार त्यसबेला ट्रम्पले एक केटीका लागि उपहार किन्न आएका थिए ।
उनले ट्रम्पले आफूलाई टेलिभिजनमा देखेको बताएको र उनीहरूले एकअर्कालाई भित्रीवस्त्र किन्न उक्साउँदै जिस्किएको लेखेकी छन् । त्यसपछि कपडा फेर्ने कोठामा छिरेपछि ट्रम्पले बलात्कार गरेको उनले बताएकी छन् ।
त्यो समयमा ट्रम्प र क्यारोल करिब ५० वर्षका थिए र ट्रम्प मार्ला म्यापलसँग विवाहित थिए । त्यो घटना दुई जनालाई सु्नाएको र एक जनाले प्रहरीमा जान सुझाव दिएपनि अर्को साथीले मुद्दा नजित्ने भन्दै चुप लागेर बस्न सुझाव दिएको उल्लेख गरेकी छन् ।
क्यारोलले ट्रम्पसँग आफ्नो अन्तिम यौन सम्बन्ध भएको र त्यसपछि आफूले कसैसँग पनि यौन सम्पर्क नराखेको बताएकी छन् ।