
पछिल्लो २४ घण्टाको अवधिमा २१० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा आज २१० जनामा कोरोना संक्रमण देखिएको बताए ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २०३ रहेका छन् ।
आज १४६ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म देशभर १४ हजार २१ जनाले कोरोना संक्रमणमुक्त भएका छन् ।
देशभरका विभिन्न क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४७१ रहेको छ ।