मोरङको बुढीगंगामा लागुऔषध कारोबारीद्वारा प्रहरीमाथि आक्रमण

मोरङ – मोरङको बुढीगंगामा प्रहरी र लागुऔषध कारोबारीबीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् ।

लागुऔषधको कारोबार भइरहेको सूचना पाए लगत्तै गएको प्रहरी टोलीमाथि अचानक आक्रमण भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले प्रतिरक्षाका क्रममा गोलीसमेत चलाएको थियो ।

घटनास्थलबाट सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । कोरेक्स र गाँजा बिक्री वितरण भएको सूचना पाएर गएको प्रहरी टोलीलाई लक्षित गरी उनीहरुले आक्रमण गर्न थालेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको थियो ।

घटना भएको ठाउँ बुढीगंंगा गाउँपालिका वडा नम्बर १ आरती स्ट्रिप्स पछाडिपट्टि गरैया बस्तीमा हो । झडपमा तीन जना प्रहरी कर्मचारी घाइते भएको र एकको अवस्था गम्भीर रहेको एसपी खड्काले जानकारी दिनुभयो । गम्भीर घाइतेको विराटनगरकाे नाेबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।