सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जादा ८ जना बेपत्ता

सिन्धुपाल्चोक : लगातारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची–११मा आइतबार राति पहिरो जाँदा ८ जना वेपत्ता भएका छन् ।

 

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् । उनीहरुको टहरो पहिरोले परिएको प्रहरीले जनाएको छ ।

 

पहिरोमा पुरिएका मध्ये एक जनाको जिवितै रहेका छन् भने अन्य ८ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।

 

एक जनाको आधा शरीर पुरिएको र उनले उद्धारको लागि गुहार गरिरहेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउने काम जारी रहे पनि उनलाई अहिलेसम्म निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

 

उनीहरुमध्ये २ जना भारतीय र ७ जना विराटनगरका नागरिक रहेको जनाइएको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मीलगायत स्थानीयको टोलीले उद्धार जारी राखेका छन् ।