
काठमाडाैं, ३० साउन । नेपाली राष्ट्रिय फुटबल टिमका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप छनोट र एसियन कप छनोट खेल्ने ३४ खेलाडीको कोरोना परीक्षण गरेको थियो । उक्त परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
बिज्ञापन



फिफा विश्वकप छनोट र एसियन कप छनोटको प्रशिक्षण थाल्नु अघि एन्फाले कोरोना परीक्षण गराएको थियो । तर, टिमको प्रशिक्षण सुरु नभई प्रतियोगिता भने स्थगित भएको छ ।

एन्फाले भदौ १ गतेबाट सुरु गर्ने भनेको टिमको प्रशिक्षण पनि अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको जनाएको छ । विश्वकप छनोट र एसियन कप छनोट २०२१ सम्मको लागि स्थगित भएपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।