काजगिस्तानको कलाची गाउँका मानिस एक पटक सुते पछि महिनादिनसम्म उठ्दैनन्

काठमाडौ ।काजगिस्तानको उत्तरी क्षेत्र कलाची गाउँका मानिसमा रहस्यमय तरिकाले सुत्छन् । जव यिनीहरु एक पटक सुत्छन एक महिनासम्म उठ्दैनन् । यसलाई रोग नै मानिएको छ । कलाचीमा सन् २०१० मा पहिलोपटक यस्तो भएको थियो । त्यसबेला बच्चाहरु अचानक स्कूलमा ढलेर निदाएका थिए । त्यसयता यस्ता बिरामीको संख्या दिनानुदिन बढिरहेको छ ।

 

बिज्ञापन

धेरै वैज्ञानिक तथा चिकित्सकले यसरी महिना दिनसम्म निदाउनुको कारण खोजिरहेका छन् । तर, पत्ता लागेको छैन । अझ अचम्मत जसलाई यो रोग लागेको छ उसलाई निदाउन लागे भन्नेसमेत थाहा हुँदैन । त्यसैले उनीहरु जुनसुकै स्थानमा पनि निदाउँछन् ।